Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • तालिवानले महिला भलिबल खेलाडीको टाउको काटे , परिवारलाई धम्की दिएर घटना गुपचुप

    तालिवानले महिला भलिबल खेलाडीको टाउको काटे , परिवारलाई धम्की दिएर घटना गुपचुप

    अनलाइन नेपाल
  • बिहिबार, ४ कार्तिक २०७८
  • 6.9K
    SHARES

    एजेन्सी। अफगानिस्तानमा तालिबानको शासन लागू भएपछि खेलको भविष्य खतरामा परेको छ। अब अर्को अचम्मको खबर सामने आएको छ।

    तालिवान लडाकूहरुले अफगानिस्तानको जुनियर महिला भलिबल टिमकी खेलाडीको टाउको काटेका छन्।



    महिला राष्ट्रिय भलिबल टोलीका प्रशिक्षकले अन्तर्राष्ट्रिय मिडियालाई यसबारे जानकारी दिएका छन्। जब यो घटना झन्डै एक महिना अघि घट्यो , कसैलाई थाहा भएन किनकि तालिबान लडाकुहरुले खेलाडीको परिवारलाई धम्की दिएका थिए।



    महजबीन हकीमी  नाम गरेकी एक खेलाडी अक्टोबरको शुरुमा तालिवानद्वारा मारिएकी थिइन । तालिबानले परिवारलाई धम्की दिएको हुनाले कसैले यसबारे केही भनेनन्। महजबीन हकीमी अफगानिस्तानमा अशरफ घनीको सरकार पतन हुनुभन्दा पहिले काबुल नगरपालिका भलिबल क्लबका लागि खेलेकी थिइन । उनी क्लबकी स्टार खेलाडी मध्ये एक थिइन्। केही दिन अघि उनको  टाउको रगतले घेरिएको तस्वीर सामाजिक सञ्जालमा देखियो।

    उनको शवको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो। यो घटनापछि धेरै महिला खेलाडीहरु देश पलायन भएका छन्। केही महिला भलिबल खेलाडीहरु तालिबानले आफ्नो शासन गरिरहेको बेला देशबाट भाग्न सफल भएका थिए । तर, महजबीन हकीमी  यसमा सफल हुन सकिनन्।

    देशमा अब थोरै महिला खेलाडीहरु बाँकी छन् । धेरै महिला खेलाडीहरु देश छोडेर गएका छन्।  उनीहरुलाई पोर्चुगलले आफ्नो देशमा शरण दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार