Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सहकारीमाफर्त अर्बौ ठगी गरेका पूर्वसांसद तामाङलाई थप १८ दिन हिरासतमा राख्न अनुमति

    सहकारीमाफर्त अर्बौ ठगी गरेका पूर्वसांसद तामाङलाई थप १८ दिन हिरासतमा राख्न अनुमति

    अनलाइन नेपाल
  • बिहिबार, ४ कार्तिक २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । अदालतले नेकपा एमालेका पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई थप १८ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

    करोडौँ ठगी गरेको आरोपमा पक्राउ परेका तामाङलाई अनुसन्धानका लागि हिरासतमै राख्न अनुमति दिइएको हो।



    तामाङमाथि संगठित अपराधमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



    संगठित अपराध अन्तर्गत ६० दिन थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न पाउँछ।

    उनीमाथि ११२६ वटा जाहेरी र ४ अर्ब ६१ करोड बिगो दाबी गरिएको छ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई दुई हप्ताअघि पक्राउ गरेको थियो।

    तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङ पक्राउ परेका थिए। तामाङमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबिन गरिरहेको छ।

    विभागले तामाङलाई ठगी मुद्दामा अनुसन्धान गर्न सकिने राय प्रहरीलाई दिएपछि सिभिल ग्रुपमा सिआइबीले हात हालेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार