Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना

    आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • शुक्रबार, ५ कार्तिक २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली रहेको छैन । हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    शुक्रबार दिउँसो प्रदेश न १, प्रदेश न २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहने बताइएको छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।



    शुक्रबार राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार