Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अज्ञात समूहद्वारा चितवनको रत्ननगर अस्पतालमा तोडफोड, सुरक्षा गार्ड कुटिए

    अज्ञात समूहद्वारा चितवनको रत्ननगर अस्पतालमा तोडफोड, सुरक्षा गार्ड कुटिए

    अनलाइन नेपाल
  • शुक्रबार, ५ कार्तिक २०७८
  • 1.1K
    SHARES

    चितवन । पूर्वी चितवनको रत्ननगरस्थित बकुलहर अस्पतालमा बिहीबार राति अज्ञात समूहले तोडफोड गरेको छ ।

    राति पौने १२ बजेको आसपासमा आएको सो समूहले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका अनुसार अस्पतालमा कार्यरत सुरक्षा गार्डलाई पनि कुटपिट गरिएको छ ।



    इलाका प्रहरी कार्यालय टाँडीका अनुसार अस्पतालमा उपचार गर्न आएका युवाहरूले उपचारमा ढिलाइ भएको भन्दै अस्पतालमा तोडफोड गरेका हुन् ।



    तोडफोडबाट अस्पतालको नयाँ भवनको ढोकाको सिसा फुटेको छ भने कुर्चीहरु भाँचिएका छन् । प्रहरीले युवाहरूले प्रयोग गरेको एउटा नम्बर नखुलेको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको बताएको छ ।

    सीसी क्यामेरा फुटेजमा युवाहरूको हुलिया पहिचान भइसकेको र उनीहरूलाई छिट्टै पक्राउ गरी कानुनी दायरामा ल्याइने प्रहरी कार्यालय टाँडीले जनाएको छ।

    अस्पतालले उक्त घटनाको निन्दा गर्दै राती डिउटीमा आएर अस्पताल तोडफोड गर्नेले स्वास्थ्यकर्मीको मनोबल घटाउने भन्दै दोषीहरुलाई तत्काल पक्राउ गरी कारबाही हुनुपर्ने माग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार