Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • अबदेखि सुरक्षा निकायभित्र ‘तँ’ भन्न नपाइने

    अबदेखि सुरक्षा निकायभित्र ‘तँ’ भन्न नपाइने

    अनलाइन नेपाल
  • शुक्रबार, ५ कार्तिक २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तीनै वटै सुरक्षा निकायलाई संगठनको छवि राम्रो बनाउन ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका छन्।

    शुक्रबार मन्त्री खाँणले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका हुन्।



    मन्त्रीको निर्देशनपछि  प्रहरीका एआईजी विश्वराज पोखरेलले भने,’ मन्त्रीज्यूबाट संगठनमा बोलचाल र निर्देशनमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन भएको छ, अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्न मिल्दैन । ‘सम्मानार्थी’ शब्द प्रयोग गर्नुपर्छ ।’



    एआईजी पोखरेलका अनुसार संगठनको छवि राम्रो बनाउन संगठनभित्र एकले अर्कालाई सम्मान गर्नुपर्ने भन्दै सुरक्षा निकायले ‘सम्मानार्थी’ शब्दको प्रयोग गर्न लागेको हो।

    कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार