Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका चुप नबस्ने बाइडेनको चेतावनी

    चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका चुप नबस्ने बाइडेनको चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, ५ कार्तिक २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    एजेन्सी । पछिल्ला दिनहरुमा चीनले ताइवानको आकाशमा युद्धविमानहरु उडाउँदै आएको छ । ताइवानमाथि चीनले गरेको यस हर्कतले जुनसुकै बेला पनि चीनले ताइवानमाथि आक्रमण गर्न सक्ने बुझिएको छ।

    तर, यस बिषयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानमाथि चीनले आक्रमण गरे त्यसको प्रतिरक्षामा आफूहरु उभिने बताएका छन् । ताइवानबारे अमेरिकी नीतिभन्दा अलग टिप्पणी गर्दै राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन्।



    बिहीबार ताइवानमाथि चीनले आक्रमण गरेमा अमेरिकाले के गर्छ भन्ने पत्रकारहरुको प्रश्नमा राष्ट्रपति बाइडेनले भने, ‘हो हामी यसमा प्रतिबद्ध छौं, यदी त्यसो हुन गएमा हामी चुप बस्दैनौं ।’ ।



    अमेरिकाले लामो समयदेखि ताइवानको रक्षाका बारेमा  ‘रणनैतिक अस्पष्टता’ को नीति अँगाल्दै आएइको छ । यदि चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिकी कदम कस्तो हुन्छ भन्ने स्पष्ट नीति नभएपनि बाइडेनको उक्त अभिव्यक्तिले भने ताइवानको पक्ष देखिएको छ।

    पाछिल्लो समय अमेरिकाले ताइवानलाई विभिन्न प्रकारका प्रतिरक्षात्मक हतियार भने उपलब्ध गराउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार