Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

    यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

    अनलाइन नेपाल
  • शुक्रबार, ५ कार्तिक २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । निजी क्षेत्रको यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ ।

    कम्पनीका अनुसार बिहिबार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यतिले अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त गरेको हो।



    एओसी पाएसँगै यति अब दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाली मुलुकमा उडानका लागि तयार रहेको कम्पनीले जनाएको छ। कम्पनीसँग अहिले एटीआर ७२ जहाजहरु रहेका छन् ।

    यतिले एओसी पाएसँगै नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति लिने वायुसेवा कम्पनीको संख्या पाँच पुगेको छ । यसअघि एओसी पाउनेहरुमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्स रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार