Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बार्सिलोना र रियल मड्रिडबीच महाभिडन्त हुँदै, हालसम्मको तथ्याङ्कमा को बलियो ?

    बार्सिलोना र रियल मड्रिडबीच महाभिडन्त हुँदै, हालसम्मको तथ्याङ्कमा को बलियो ?

    अनलाइन नेपाल
  • शुक्रबार, ५ कार्तिक २०७८
  • 2.6K
    SHARES

    एजेन्सी – यस सिजनको पहिलो इएल क्लासिको आइतबार हुँदैछ। चिर परिचित दुई क्लब बार्सिलोना र रियल मड्रिडबीचको खेल नेपाली समयअनुसार आइतबार राति ८ बजे शुरु हुनेछ।

    यसपटकको इएल क्लासिकोमा प्रसिद्ध खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी दुबै हुने छैनन्। रोनाल्डोले २०१८ मै स्पेन छाडेका थिए भने मेसी हालै पिएसजीमा गएका छन्।



    ला लिगा इएल क्लासिकोमा बार्सिलोना र रियलबीच हालसम्म १ सय ८२ खेल भएको छ। तीमध्ये ७५ खेल रियलले जितेको छ। ७२ खेलमा बार्सिलोना विजयी भएको छ। त्यस्तै दुई टोलीबीचको ३५ खेल बराबरीमा सकिएको छ।



    सबैखाले प्रतिस्पर्धामा दुई टोलीबीच २ सय ४६ आधिकारिक खेल भएका छन्। तीमध्ये रियलले ९८ खेल जितेको छ। बार्सिलोनाले ९६ खेल जितेको छ। ५२ खेल बराबरीमा सकिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार