Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • अनमोलको फिल्ममा भिलेन बन्न सुनिल शेट्टी तयार, कति लिन्छन् पारिश्रमिक ?

    अनमोलको फिल्ममा भिलेन बन्न सुनिल शेट्टी तयार, कति लिन्छन् पारिश्रमिक ?

    अनलाइन नेपाल
  • शुक्रबार, ५ कार्तिक २०७८
  • 2.8K
    SHARES

    काठमाडौं । बलिउड नायक सुनिल शेट्टीले नेपाली फिल्म ‘एक्स ९’ मा अभिनय गर्ने बताइएको छ।

    सुनिल शेट्टी फिल्ममा अभिनय गर्न तयार भएको निर्देशक मुकुन्द भट्टले जानकारी दिएका छन्।



    यो फिल्ममा अनमोल केसीको मुख्य अभिनय रहनेछ। त्यस्तै पुष्प खड्का, सौगात मल्ल, राज कटुवाल र अनुपविक्रम शाहीले पनि यसमा अभिनय गर्नेछन्।



    केही अगाडि यो फिल्मको नेगेटिभ भूमिकाको लागि बलिउड नायक सोनु सुदलाई पनि अफर गरिएको थियो।

    निर्देशक भट्टले सामाजिक सञ्जाल फेसबुकमा अभिनेता सुनिल शेट्टीसँगको तस्बिर पोष्ट गर्दै ‘एक्स ९’ का लागि शेट्टी फाइनल भएको जनाएका हुन्। उनले उक्त पोष्टमा फिल्मको छिट्टै घोषणा गर्ने समेत जानकारी दिएका छन्।

    क्यानडा, यूरोप र नेपालमा छायाँकन हुने बताइएको फिल्मको कथा निर्देशक भट्ट र किंग योगीले तयार पारेका हुन्।

    गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुने फिल्ममा प्रियंका थापा एकल अभिनेत्री रहनेछिन्।

    राजिव तामाङ, वीरेन कुँवर, सुवोध भट्ट र गोकुल कुँवर निर्माता रहेको फिल्म २०७९ को दसैँमा रिलिज हुने बताइएको छ।

    फिल्मका लागि शेट्टीले साढे एक करोड मागेको चर्चा चलेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार