Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ‘माया पिरेम’मा टिकटक बनाउनेलाई ८ हजारदेखि एक लाखसम्म पुरस्कार

    ‘माया पिरेम’मा टिकटक बनाउनेलाई ८ हजारदेखि एक लाखसम्म पुरस्कार

    अनलाइन नेपाल
  • शनिबार, ६ कार्तिक २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । ‘माया पिरेम’ बोलको गतिमा टिकटक बनाउनेलाई ८ हजारदेखि एक लाखसम्मको पुरस्कार घोषणा गरिएको छ। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित यो गीतको म्युजिक भिडियो बेही दिनअघि सार्वजनिक भएको थियो।

    भिडियो निर्माण संस्था ट्रि इन्टरटेन्मेन्टले सो पुरस्कारको घोषणा गरेको हो। टिकटक बनाउने अवधि कात्तिक २२ गतेसम्म राखिएको छ। पुरस्कारका लागि आयोजकले दिएको ह्यास्ट ट्यागहरु प्रयोग गर्दै टीकटक बनाउन सकिनेछ।



    यो प्रतियोगिताको विजेताले १ लाख पुरस्कार पाउनेछन्। यस्तै, दोश्रो हुनेले ५० हजार, तेश्रो हुनेले ३५ हजार, चौथो हुनेले २५ हजार, पाँचौ हुनेले २० हजार, छैटौं हुनेले १५ हजार, सातौं हुनेले १२ हजार, आठौं हुनेले १० हजार, नवौं हुनेले ८ हजार र दशौं हुनेले ६ हजार पुरस्कार प्राप्त गर्नेछन्।



    माइकल चन्दले निर्देशन गरेको यो गीतको भिडियोमा साम्राज्ञीको अलवा देलविस दर्शनधारी र राज तुम्बाहाम्फे र अलिसा शर्माको अभिनय छ।
    डीपी खनालको शब्द, शंकर स्माइलको संगीत रहेको गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार