Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अपहरणकारी सफाइ प्रकरण : इन्स्पेक्टरसहित ३ प्रहरीलाई कारबाही गर्न सिफारिस

    अपहरणकारी सफाइ प्रकरण : इन्स्पेक्टरसहित ३ प्रहरीलाई कारबाही गर्न सिफारिस

    अनलाइन नेपाल
  • शनिबार, ६ कार्तिक २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । अपहरणको मुद्धामा अभियुक्तले सफाई पाएपछि चर्चाको विषय बनेको सनसनीपूर्ण केसको अनुसन्धनमा प्रहरीले त्रुटि गरेको पाइएको छ।

    भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न भनिएका दुर्गाबहादुर बुढाथोकी उर्फ सोले कुमारले अदालतबाट सफाइ पाएपछि यो विषय चर्चामा आएको थियो।



    प्रहरी अनुसन्धान कमजोर भएको भन्दै चौतर्फी आलोचना भएपछि छानबिन गर्न महानगरीय प्रहरी कार्यालयले समिति गठन गरेको थियो। सो समितिले हाल घटनाको प्रतिवेदन बुझाएको छ। प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी चक्रबहादुर सिंह नेतृत्वको समितिले अनुसन्धानमा संलग्न इन्स्पेक्टर सहित ३ जना प्रहरीलाई विभागीय कारबाहीको सिफारिस गरेको छ।



    प्रतिवेदनमा सो मुद्दाको अनुसन्धान गर्ने इन्स्पेक्टर नानिकाजी थापा सहित ३ जनालाई विभागीय कारबाहीको सिफारिस गरिएको हो। एक जना असई र एक हवलदारलाई पनि कारबाहीको सिफारिस गरिएको छ। प्रहरीले प्रतिवेदन अनुसार कारबाही प्रक्रिया अघि बढेको जानकारी दिएको छ।

    अपहरणको अभियोग लागेका सोले २०७७ पुसमा पक्राउ परेका थिए। उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले भारतको दार्जिलिङबाट नियन्त्रणमा लिएको थियो। २०६५ सालमा भएको अपहरणमा संलग्न भनिएका सोलेकुमारलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले सफाइ दिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार