Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ताइवान प्रकरणमा अमेरिका- चीनबीच तनाब

    चीनले अमेरिकी राष्ट्रपति बाइडेनलाई भन्यो – होसियारीसाथ बोल्नुहोस्

    चीनले अमेरिकी राष्ट्रपति बाइडेनलाई भन्यो – होसियारीसाथ बोल्नुहोस्

    अनलाइन नेपाल
  • शनिबार, ६ कार्तिक २०७८
  • 5K
    SHARES

    फाइल फोटो

    एजेन्सी। चीनले ताइवानको मुद्दामा कुनै पनि सम्झौता वा छुटको लागि ‘कुनै ठाउँ’ नभएको बताएको छ।

    चीनको यो बयान अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाइपछि आएको हो।  चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका त्यसको रक्षा गर्न प्रतिबद्ध रहेको बाइडेनले बताएका थिए ।



    दैनिक ब्रिफिङका का क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ताइवान चीनको हिस्सा भएको चिनियाँ दाबी दोहोर्याए।



    ‘जब यो सार्वभौमसत्ता र क्षेत्रीय एकता जस्ता चीनको मुख्य हितको कुरा आउँछ, त्यहाँ सम्झौता वा छुटको लागि कुनै ठाउँ छैन,’ उनले भने।

    चीनको सार्वभौमसत्ता र एकताको रक्षा गर्ने  प्रतिबद्धता र  क्षमतालाई कसैले पनि कम नगर्न उनले चेतावनी दिए । उनले भने, ‘ताइवान मुद्दा पूर्णतया चीनको आन्तरिक मामिला हो र कुनै विदेशी हस्तक्षेपलाई अनुमति छैन।’

    उनले ताइवानको बारेमा बोल्दा अमेरिकाले आफ्नो शब्दमा होसियार हुनुपर्ने र चीन र संयुक्त राज्य अमेरिकाबीचको सम्बन्ध र शान्ति र सद्भावमा गम्भीर असर नपर्ने गरी ताइवानको स्वतन्त्रताका लागि पृथकतावादी शक्तिहरूलाई कुनै पनि  ‘झूटा संकेत’ नपठाउने बताए।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका थिए। राष्ट्रपति बाइडेनले ताइवानलाई लिएर अमेरिकाको पुरानो अडानबाट अलग लाइन लिएर यो बयान दिएका हुन्।

    अमेरिकी समाचार च्यानल सिएनएनको टाउनहल कार्यक्रममा एक सहभागीले भर्खरै चीनको  हाइपोसोनिक मिसाइल परीक्षणको रिपोर्टलाई लाई लिएर अमेरिका ताइवानको रक्षा गर्न प्रतिबद्ध छ भनेर सोधेका थिए। त्यस्तै उनलाई  चीनको सेनाको सामना गर्न बाइडेन के गर्नुहुन्छ? भनेर सोधिएको थियो ।

    यी प्रश्नहरूको जवाफमा बाइडेनले भने,  ‘चीन, रुस र बाँकी विश्वलाई थाहा छ कि हाम्रो सेना विश्वको इतिहासमा सबैभन्दा शक्तिशाली छ भनेर  । हामी निराश हुनुपर्ने अवस्था छैन।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार