Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • महिनौं देखि ५ बर्षीया बालिकामाथि यौन शोषण, ५१ वर्षिय उपप्रध्यापक पक्राउ

    महिनौं देखि ५ बर्षीया बालिकामाथि यौन शोषण, ५१ वर्षिय उपप्रध्यापक पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ६ कार्तिक २०७८
  • 2.8K
    SHARES

    सांकेतिक तस्बिर

    जनकपुर। जिल्ला प्रहरी कार्यालय धनुषाले ५ वर्षिया बालिकालाई यौन शोषण गरेको आरोपमा उपप्रध्यापकलाई पक्राउ गरेको छ । जनकपुरधामको जनक हजारी संस्कृत विद्यापीठका उपप्रध्यापक ५१ वर्षिय कपिलदेव मण्डल पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेपछि उनी पक्राउ परेको प्रहरीले जनाएको छ । जनकपुरधाम–८ का उपप्रध्यापक मण्डलले आफ्नै घरमा भाडामा बस्ने सिरहाका ती बालिकामाथि यौन शोषण गरेको परिवारको आरोप छ ।



    मण्डलले गणेश पूजाको मौका छोपी आफ्नी छोरीको यौन शोषण गरेको भन्दै पीडितका बुवा प्रहरीको शरणमा पुगेका थिए । बालिकाको यौनाङ्गमा घाउ देखिएपछि घटनाबारे थाहा भएको हो ।पीडितका बाबुले छोरीलाई केही महिनादेखि यौन शोषण गरेको पनि आरोप लगाएका छन् ।



    प्रहरीले पीडित बालिकाको शुक्रबार नै मेडिकल जाँच गराएको छ । प्रहरी नियन्त्रणमा रहेका मण्डलविरुद्ध बाल यौन दुर्व्यवहारसम्बन्धी मुद्दा चलाइने धनुषा प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार