Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • एमसीसीबारे प्रधानमन्त्री र परराष्ट्रमन्त्रीकै कुरा बाझियो, खड्काले भने–अहिलेकै अवस्थामा एमसीसी पास हुँदैन

    एमसीसीबारे प्रधानमन्त्री र परराष्ट्रमन्त्रीकै कुरा बाझियो, खड्काले भने–अहिलेकै अवस्थामा एमसीसी पास हुँदैन

    अनलाइन नेपाल
  • शनिबार, ६ कार्तिक २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले सबै दलको साझा सहमति नभएसम्म अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुन नसक्ने बताएका छन् । अहिलेकै अवस्थामा एमसीसी पास नहुने बताउँदै उनले भने–‘सबै दलको साझा सहमति हुँदा मात्रै एमसीसी संसद्‌बाट पास हुन्छ । साझा सहमतिका लागि प्रयत्‍न भइरहेको छ।’

    प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा भएको बताउँदै कुनै विवाद गर्न आवश्यक नरहेको बताइरहेका बेला परराष्ट्रमन्त्रीले भने आज यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाले केही दिन अघि एमसीसीबारे विवाद गर्न आवश्यक नरहेको र एमसीसी नेपालकै हितमा रहेको बताएका थिए ।



    विराटनगरमा आज पत्रकारहरूसँगको कुरा गर्दै परराष्ट्रमन्त्री खड्काले मुलुकमा ‘अर्ली इलेक्सन’को कुनै सम्भावना नभएको पनि बताए । ‘अर्ली इलेक्सन’ मा पनि सत्तारुढ दलबीचको सहमति आवश्यक रहको भन्दै उनले भने–‘अर्ली इलेक्सनको परिस्थिति अहिले निर्माण भइसकेको छैन तर राजनीति भनेको सम्भावनाको खेल भएकोले सबैको सहमति भयो चैतरवैशाखमा अर्ली इलेक्सन हुन सक्छ ।’



    पत्रकारहरुसँग उनले कांग्रेसको महाधिवेशन मंसिरमा सम्भव नहुने पनि जानकारी गराए । केही जिल्लाहरूमा अझै वडा अधिवेशन भइनसकेको भन्दै उनले भने–‘केही जिल्लाहरूमा अहिले पनि वडा अधिवेशन हुन नसकेको र केही साथीहरू अहिले पनि अनशनमा हुनुभएकाले सबै समस्या समाधान भएपछि मात्रै महाधिवेशन हुन्छ । त्यसैले मंसिरमा महाधिवेशन हुने सम्भावना छैन । पार्टी महाधिवेशनको अर्को मिति माघको पहिलो सातासम्म पुग्ने देखिन्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार