Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • पाँच दलीय गठबन्धन प्रतिगामी र प्रतिक्रियावादी भएको ओलीको आरोप

    पाँच दलीय गठबन्धन प्रतिगामी र प्रतिक्रियावादी भएको ओलीको आरोप

    अनलाइन नेपाल
  • शनिबार, ६ कार्तिक २०७८
  • 3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलको गठबन्धन ‘प्रतिगामी गठबन्धन’ भएको आरोप लगाएका छन् ।

    थापाथलीस्थित केन्द्रीय कार्यालयबाट भर्चुअल रूपमा पार्टीको वडा कमिटीको शनिबार उद्घाटन गर्ने क्रममा ओलीले सत्तारुढ गठबन्धनको चर्को आलोचना गरेका हुन् ।



    उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनमा रहेको पाँच दलीय गठबन्धन अग्रगामी हुनै नसक्ने पनि बताए ।



    उनले भने–‘यो प्रतिगामी शक्तिहरूको गठबन्धन हो । यो देशलाई अस्थिरतामा धकेल्ने, अग्रगमन हुन नदिने, अनुशासन र अराजकता निम्त्याउने र कम्युनिस्ट सरकार ढाल्ने र राज्यस्तरबाट भइरहेको छ यो प्रतिगमनको बाटो हो ।’

    आफू नेतृत्वको सरकार महान् उद्देयश्यका साथ अगाडि बढेको तर पाँच दलीय गठबन्धनले त्यसलाई हटाएको ओलीले आरोप लगाए । उनले आक्रोशित हुँदै भने–‘पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी गठबन्धन हो । कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने, फुटाउने, कम्युनिस्ट सरकार ढाल्ने र कम्युनिस्ट आन्दोलनलाई प्रतिक्रियावादीका पाउँमा सेवा गर्ने ?’

    मुलुकमा दिशाहीन, जनविरोधी सरकार गठन भएको आरोप लगाउँदै उनले मुलुकका सम्मानित निकायलाई विवादास्पद बनाउन खोजिएको र सिंगो प्रणालीमाथि जनताको विश्वास कमजोर हुन जानेतर्फ सचेत गराए ।

    उनले राज्य तहबाट नै अनुशासन हिनता भइरहेकाले मुलुकलाई सत्तारुढ गठबन्धनले विपरीत र प्रतिगमनको बाटोमा लगिरहेको आरोप लगाए । प्रतिगामी गतिविधिविरुद्ध सशक्त संघर्ष गर्ने भन्दै ओलीले कार्यकर्ताहरूलाई डटेर सामना गर्न निर्देशन पनि दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार