Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • अर्ली इलेक्सन सम्भव छैन : रामचन्द्र पौडेल

    अर्ली इलेक्सन सम्भव छैन : रामचन्द्र पौडेल

    अनलाइन नेपाल
  • शनिबार, ६ कार्तिक २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्ली इलेक्सन सम्भव नरहेको भन्दै संसदले पूर्ण कार्यकाल काम गर्नुपर्ने बताएका छन्।

    सुदूरपश्चिमको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण तथा विभिन्न स्थानमा आयोजना गरिने कार्यकर्ता भेलालाई सम्बोधन गर्न शनिबार धनगढी आएका नेता पौडेलले भने–‘अर्ली इलेक्सन सम्भव छैन । संसदले पूर्ण कार्यकाल काम गर्न पाउनुपर्छ भनेर नै हिजो हामी अदालत गएका हौं । त्यसैले संसदले आफ्नो काम कारबाही अगाडि बढाउनुपर्छ ।’



    धनगढी विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पौडेलले संसदको काम कारबाही अगाडि बढाएर सरकारले आफ्नो क्षमता देखाउनुुपर्ने बताए ।



    बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेर शुुक्रबार काठमाडौँ फर्किएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अर्ली इलेक्सनबारे गठबन्धनका नेताहरुसँग परामर्श गर्ने प्रतिक्रिया दिएका थिए ।

    पौडेलले अविरल वर्षापछि आएको बाढीले सुदूरपश्चिममा ठूलो जनधनको क्षति गरेकाले सरकारले तत्काल प्याकेजमै राहतका कार्यक्रम ल्याउनुपर्ने धारणा राखे । त्यसका लागि आफूले सरकारको ध्यानाकर्षण समेत गराइसकेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार