Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ६,९३१ नमूना परीक्षण गर्दा ५१३ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

    ६,९३१ नमूना परीक्षण गर्दा ५१३ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ६ कार्तिक २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । नेपालमा थप ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३१ जनाको कोरोना परीक्षण गर्दा थप ५ सय १३ जना संक्रमित थपिएका हुन्।

    मन्त्रालयका अनुसार ४ हजार ९ सय ७२ जनाको पिसिआर परीक्षण र १ हजार ९ सय ५९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।



    नेपालमा हाल १० हजार ५५९ जना सक्रिय संक्रमित छन्। त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३४५ पुगेको छ।



    पछिल्लो २४ घण्टामा थप ८ सय १७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। आज काठमाडौं उपत्यकामा २ सय १३ थपिएका छन्। जसमध्ये काठमाडौंमा १ सय ५०, ललितपुरमा ३९ र भक्तपुरमा २४ संक्रमित छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार