Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • अभिनेता पल र गायिका समीक्षाको कथा : प्रेम, द्वन्द्व, धम्की र विवाहको लिखित सहमति !

    अभिनेता पल र गायिका समीक्षाको कथा : प्रेम, द्वन्द्व, धम्की र विवाहको लिखित सहमति !

    अनलाइन नेपाल
  • शनिबार, ६ कार्तिक २०७८
  • 8.8K
    SHARES

    काठमाडौं । फिल्मी दुनियाँ सबैभन्दा बढी चर्चा, गसिप र विवादको दुनियाँ हो। हरेक क्षण यस क्षेत्रसँग सम्बन्धित कुनै न कुनै कुरा कि चर्चामा आउँछ कि विवादमा आउँछ होइन भने गसिपमा पक्कै आउँछ।

    फिल्मको नायक, नायिकाको प्रेम सम्बन्ध धेरैका लागि चासोको विषय बन्छ। मिडियाका लागि त यो खुराक नै भइहाल्यो। नेपाली सिने जगतमा पनि नयाँनयाँ प्रकरणहरु आइरहन्छ। सामाजिक सञ्जालमा ब्यापक चर्चा र बहस शुरु हुन्छ।



    पछिल्ला दिनहरुमा नेपाली सिने जगतमा दुई कलाकार चर्चाको शिखरमा छन्। ती हुन् नायक पल शाह र गायिका समीक्षा अधिकारी। उनीहरुबीच प्रेमको मात्र चर्चा चलेको भए धेरैलाई सामान्य लाग्थ्यो होला। किनकि पलको नाम उनले काम गरेका अधिकांश अभिनेत्रीसँग जोडिन्छ। तर कुरो अर्कै आएको छ।



    चलचित्र वा म्युजिक भिडिओमा सहकार्य गरेका धेरै महिला कलाकारसँग उनको नाम जोडिएको छ। पछिल्ल्लोपटक उदीयमान गायिका समीक्षा अधिकारी उनीसँगको सम्बन्धमा जेलिन पुगिन्।

    पल र समीक्षा ६–७ महिना अघिदेखि एकअर्कासँग नजिकिएका थिए। यो निकटताले गम्भीर मोड लिएका कारण नै उनीहरू दुवै अहिले मिडियासँग तर्किरहेका छन्। ‘सुर्ती माड्दै’ बोलको गीतको सुटिङका क्रममा निकट भएका उनीहरुको सम्बन्धले नयाँ मोड लिएको छ।

    पलले समीक्षासँगको प्रेमलाई गम्भीररुपमा नलिँदा समस्या उत्पन्न भएको बताइएको छ। तर भर्खरै करियरको उचाइ छुँदै गरेकी समीक्षा भने पलको प्रेममा चुर्लम्मै डुबिन्। प्रेममा रहेको केही समयमा नै पलले समीक्षालाइै वेवास्ता गर्न लागेपछि दुईबीचको तनाव बढेको हो।

    पलले समीक्षालाई छोड्न खोजेपछि समीक्षा रिसाएकी हुन्। उनीहरुले एकअर्कालाई धम्कीसमेत दिएको हल्ला चलेको छ। समीक्षाले पललाई यदि आफूसँगको प्रेम सम्बन्ध स्वीकार नगरे आफूसँग रहेका फोटो÷भिडियोहरू बाहिर ल्याइदिने र पुलिस केससमेत गर्ने भनी धम्की दिएको उनीहरु निकट स्रोतको दाबी छ। दर्शकमाझ रियल हिरोको छवि बनाएका पल त्यसबाट झस्किए। एउटा राम्रो काम गर्दा धुरीमा पुराउने र एउटा गल्ती गर्दा पालतमा पुराउने नेपाली प्रशंसकहरुबारे पल जानकार छन्।

    नेपाली कलाकारिता क्षेत्रमा ‘वान मिस्टेक, करियर इण्ड’ हुने खतरा छ। पलको फ्यान फलोइङ पनि राम्रो छ। त्यसमाथि १७ वर्षीया समीक्षा उमेरले नाबालिग भएको हुँदा पल कानुनी रुपमा कमजोर बन्नेछन्।

    त्यसैले उनी कम्प्रमाइज गर्न तयार भएको बुझिएको छ। पलले कुरा गुपचुप राख्न समीक्षालाई एक करोड रुपैयाँको अफर गरेको समेत खुलासा भएको छ। तर यसको कुनै पुष्टि भने भएको छैन। खैर सिने जगतका अधिकांश खबरहरु अपुष्ट नै हुन्छन्।

    तर सच्चा प्रेम गर्ने समीक्षा पलको प्रलोभनमा परिनन्। त्यसपछि समीक्षाको आफन्त पर्ने एक पूर्वगृहसचिवको रोहबरमा उनीहरूबीच विवाहको मौखिक समझदारी भएको बताइएको छ। त्यतिमात्र होइन दुई परिवार र पत्रकारको उपस्थितिमा लिखित समझदारी पनि भएको खुलासा भएको छ। दुई वर्षपछि समीक्षा बालिग भएसँगै विवाह गर्ने गरी कागज भएको छ।

    तर पलले भने यो हल्लामात्र भएको बताउँदै आएका छन्। नायकले समीक्षाले आफूलाई अभिभावक ठान्ने बताउँदै यस हल्लाका विषयमा प्रतिक्रिया दिँदा थप अनावश्यक विवाद हुने तर्क गरेका छन्। समीक्षाले भने यस विषयमा केही बोलेकी छैनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार