Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • गाउँपालिकामा चुनाव जितिन् तर क्यान्सरसँग हारिन् मिरा

    गाउँपालिकामा चुनाव जितिन् तर क्यान्सरसँग हारिन् मिरा

    अनलाइन नेपाल
  • शनिबार, ६ कार्तिक २०७८
  • 1.8K
    SHARES

    सिन्धुपाल्चोक । जिल्लाको इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मिरा लामा अधिकारीको निधन भएको छ। अधिकारीको शनिबार बिहान उपचारको क्रममा निधन भएको हो।

    उनी कांग्रेस जिल्ला सभापति विकास लामाकी श्रीमती हुन्। अधिकारी लामो समयदेखि क्यान्सरसँग जुधिरहेकी थिइन्।



    इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङका अनुसार उपचारका क्रममा शनिबार बिहान ७ बजे काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उनको निधन भएको हो। ५१ वर्षीया अधिकारीका ३ छोरी छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार