Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एनसीबी अधिकारीले नायिका अनन्या पाण्डेलाई सातो जाने गरी हप्काएपछि…

    एनसीबी अधिकारीले नायिका अनन्या पाण्डेलाई सातो जाने गरी हप्काएपछि…

    अनलाइन नेपाल
  • शनिबार, ६ कार्तिक २०७८
  • 2.5K
    SHARES

    एजेन्सी – बलिउड अभिनेत्री अनन्या पाण्डे ड्रग्स प्रकरणमा मुछिएकी छिन्। शाहरुख खानका छोरा आर्यन खान पक्राउ परेपछि अनन्या पनि सो प्रकरणमा तानिएकी हुन्।
    नायिका अनन्या र आर्यनबीच ड्रग्सको विषयमा कुराकानी भएको पाइएको छ। त्यसकारण एनसीबीले अनन्याको घरमा छा,पा पनि मारेको थियो। अनन्यासँग एनसबीले सोधपुछ पनि गरेको छ।

    शुक्रबार उनीसँग दोस्रोपटक सोधपुछ गरिएको थियो। तर अनन्या तोपिकएको समयभन्दा ३ घण्टा ढिलो पुगेपछि एनसीबी अधिकारीले उनको सातो लिएका छन्। एनसीबीका जोनल निर्देशक समीर वानखेडेले अभिनेत्रीलाई नराम्रोसँग हप्काए।



    ‘तपाईलाई ११ बजे बोलाइएको थियो। यतिबेला आउनुभएको छ। अधिकारीहरु तपाईलाई कुरेर बसेका छैनन्। यो तपाईको प्रोडक्सन हाउस हैन। केन्द्रीय एजेन्सीको अफिस हैन। जतिबेला बोलायो त्यतिबेला आउने गर्नु,’ जोनल निर्देशक वानखेडले भने।



    अनन्यासँग शुक्रबार ४ घण्टा सोधपुछ गरिएको थियो। त्योभन्दा अघिल्लो दिन २ घण्टा सोधपुछ भएको थियो। अनन्या र आयर्नबीच गाँजाको विषयमा कुरा भएको पाइएको छ। सोधपुछका क्रममा अनन्या निकै हडबडाएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार