Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • घरको ताला फोडेर नगद र गहना चोरी गर्ने युवक पक्राउ

    घरको ताला फोडेर नगद र गहना चोरी गर्ने युवक पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ६ कार्तिक २०७८
  • 1.4K
    SHARES

    पोखरा – प्रहरीले घरको ताला फोडेर नगद र गरगहना लुट्ने एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका ३ बट्टार स्थायी घर भई पोखरा, बुद्दचोक बस्ने २० वर्षीय विशाल तामाङ रहेका छन्।

    तामाङले नगद, मोबाइल र गहना चोरी गरेको आरोप लागेको छ। बुधबार राती पौने ११ बजेको समयमा पोखरा, बुद्दचोकस्थित बृटिश एकिकृत वेल्फेयर सेन्टरको ताला फोडेर १८ हजारसहित सामसुङ मोवाइल १ थान र चाँदीका सिक्री २ थान सहित तामाङलाई पक्राउ गरिएको हो।



    चोरीका सामानसहित रंगेहात पक्राउ परेका तामाङविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार