Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • टी–२० विश्वकप : अस्ट्रेलियाको विजयी शुरुवात

    टी–२० विश्वकप : अस्ट्रेलियाको विजयी शुरुवात

    अनलाइन नेपाल
  • शनिबार, ६ कार्तिक २०७८
  • 1.5K
    SHARES

    एजेन्सी – आइसिसि टी–२० विश्वकपमा अस्ट्रेलियाले विजयी शुरुवात गरेको छ। सुपर १२ को पहिलो खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको छ।

    दक्षिण अफ्रिकाले दिएको १ सय १९ रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेटको क्षतिमा १९.४ ओभरमा भेट्टाएको हो। अस्टे«लियाको जितमा मार्कस स्टोइनिस र म्याथ्यु वेडले नटआउट रहँदै क्रमशः २४ र १५ रन बनाए।



    खराब शुरुवात गरेको उसले ३८ रनमा अस्ट्रेलियाले ३ विकेट गुमाइसकेको थियो। तर, स्टिभ स्मिथ र ग्लेन म्याक्सवेलले सम्हालिएको प्रदर्शन गरे। स्मिथले ३५ तथा म्याक्सवेलले १८ रन बनाए।



    त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पारी ९ विकेटको क्षतिमा ११८ रन बनाएको थियो। उसका लागि एडेन माक्रमले सर्वाधिक ४० रन बनाए भने कागिसो राबाडाले नटआउट रहँदै १९ रनको योगदान दिए।

    बलिङमा अस्ट्रलियाका मिचेल स्टार्क, जोस हेजलवुड र एडम जाम्पाले २–२ विकेट लिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार