Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • ‘वुमन्स पावर लिफ्टिङ’को उपाधि नेहालाई

    ‘वुमन्स पावर लिफ्टिङ’को उपाधि नेहालाई

    अनलाइन नेपाल
  • आइतबार, ७ कार्तिक २०७८
  • 699
    SHARES

    पोखरा । गोर्खा क्लासिक नेपालले आयोजना गरेको ‘वुमन्स पावर लिफ्टिङ च्याम्पियनसिप–२०२१’ उपाधि नेहा बानुले जित्न सफल हुनुभएको छ । पोखरा रङ्गशालास्थित बहुउद्देसीय कभर्ड हलमा आज सम्पन्न प्रतियोगितामा नेहाले ६० केजी तौल समूहमा ‘स्क्वाड’ तर्फ १२८ केजी, ‘बेन्च प्रेस’मा ७० केजी र ‘डेडलिफ्ट’मा १४३ गरी कूल ३४१ केजी भार उठाउएकी थिइन्। उनले उपाधिसँगै नगद रु ८० हजार र रु ५० हजार पर्ने आकर्षक वेल्ट पुरस्कार पाइन्।

    नेहा ६० केजी तौल मूनीको समूहमासमेत प्रथम स्थान हासिल गर्न सफल भई रु २५ हजार पुरस्कार पाउनुभएको थियो । यसैगरी प्रतियोगितामा ६० केजी मुनिको समूहमा पुनम तामाङ द्वितीय र ज्योति थापा तृतीय स्थान हासिल गर्न सफल भए । प्रतियोगिताअन्तर्गत नै भएको ६० केजीभन्दा माथिको समूहमा शर्मिला शाह प्रथम हुनुभयो भने सीमा गुरूङ द्वितीय र कोमल थापाले तृतीय स्थान हासिल गरे ।



    प्रतियोगितामा ६० केजीभन्दा माथिको र ६० केजीभन्दा तल दुवै विधामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः रु २५ हजार, रु १५ हजार र रु १० हजार नगद पुरस्कार प्राप्त गरेका थिए । विजयी खेलाडीलाई गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरूङ, आयोजक संस्थाका अध्यक्ष राजकुमार गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार