Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • जनताको अकांक्षा कांग्रेसले मात्र पूरा गर्छ : परराष्ट्रमन्त्री खड्का

    जनताको अकांक्षा कांग्रेसले मात्र पूरा गर्छ : परराष्ट्रमन्त्री खड्का

    अनलाइन नेपाल
  • आइतबार, ७ कार्तिक २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    सुनसरी । परराष्ट्रमन्त्री डा. नारायण खड्काले जनताको अकांक्षा नेपाली कांग्रेस पार्टीले मात्र पूरा गर्नसक्ने दाबी गरेका छन्। कांग्रेस सुनसरी बराहक्षेत्र नगरपालिका–१ ले आज चतरामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा मन्त्री खड्काले भने, “अब जनताको अकांक्षा पूरा गर्नका लागि कांग्रेस आवश्यक छ ।”

    केन्द्रमा जुन गुट भए पनि त्यसको छायाँ पर्न दिन नहुनेमा जोड दिँदै उनले विभाजित भयो भने आउने निर्वाचनमा कांग्रेसले हारको सामना गर्नुपर्नेतर्फ सचेत गराए । आउने निर्वाचनमा कांग्रेस जिते मात्र देश र जनताले जित्ने भन्दै कांग्रेसलाई जिताउन सबैलाई मन्त्री खड्काले आग्रहसमेत गरे ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार