Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • अमरेश सिंहसँग सर्लाहीका जनप्रतिनिधि आक्रोशित

    अमरेश सिंहसँग सर्लाहीका जनप्रतिनिधि आक्रोशित

    अनलाइन नेपाल
  • आइतबार, ७ कार्तिक २०७८
  • 1.4K
    SHARES

    सर्लाही । प्रदेश नम्बर २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहले नेपाली कांग्रेसका कार्यकर्तालाई गर्व महसुस हुने गरी काम गर्ने जानकारी दिएका छन्। सर्लाही क्षेत्र नम्बर ४ स्थित कांग्रेस क्षेत्र नम्बर ४ ले आयोजना गरेको दिपावली तथा छठ पर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री सिंहले यस्तो जानकारी दिएका हुन्।

    उनले आफूले गर्ने कामले गर्दा पाउने भोटको तय हुने पनि उल्लेख गरेका छन्। ‘म विकास गरेर देखाउछु, नेपाली कांग्रेसका कार्यकर्ताहरुले गौरव महसुस गर्नु हुनेछ,’ उनले भने, ‘मैले सांसदकै रुपमा गरेको विकासको मुल्यांकन भएको होला नै। मन्त्री भएपछि झनै बढेको अपेक्षालाई अवश्य पूरा गर्नेछु।



    सो कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति राम आश्रेय शाह, केन्द्रीय सदस्य जंगीलाल राय उपस्थित थिए। यस्तै कार्यक्रममा क्षेत्रमा रहेको ५१ वटा वडा सभापतिहरुको तर्फबाट बोल्दै बरहथवा वडा नम्बर १४ का सभापति श्याम कार्कीले कांग्रेस सरकारमा हुँदा र सरकारमा नहुँदा पनि जनताकै पक्षमा रहेको जिकिर गरे।



    ‘हामी सरकारबाट बाहिर रहदा पनि जनतासँग थियौ र सरकारमा आउँदा पनि जनतासँगै छौँ’ कार्कीले भने। उनले पार्टीकाउ एकतामा दखल पुराउने काम भएको भन्दै खबरदारी पनि गरे। पार्टीकै केहि व्यक्तिबाट कार्यकर्ताको मनोबल गिराउने काम भएको आरोप उनले लगाए।

    कार्कीले संघीय सांसद अमरेश सिंहमाथि आक्रोश पोखेका थिए। सिंहले पार्टीलाई कमजोर बनाउने खेल खेलेको उनको आरोप थियो। ‘कांग्रेसलाई कम्जोर बनाउन खर्च गरेको समय कार्यकर्ताको भलाइमा लगाउनुस्। अनिमात्र तपाइको साथमा कार्यकर्ता हुनेछन्,’ कार्कीले भने। अन्य नेता तथा जनप्रतिनिधिले पनि सिंहको गतिविधि पार्टी र कार्यकर्ताको हितविपरीत रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार