Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • खोलाले बगाउँदा बालक बेपत्ता, पुरुषको शव फेला

    खोलाले बगाउँदा बालक बेपत्ता, पुरुषको शव फेला

    अनलाइन नेपाल
  • आइतबार, ७ कार्तिक २०७८
  • 1.4K
    SHARES

    बागलुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका– ७ बोबाङमा भुजीखोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । शनिबार साँझ भुजीखोलामा साथीसँग खेल्न भनी गएका ढोरपाटन –७ धाराबोटका दिलबहादुर विकका पाँच वर्षीय छोरा जीवन बेपत्ता भएका हुन् ।

    उनी साथीसँग खेल्ने क्रममा भुजीखोलामा रहेको साघुँबाट खसेका स्थानीयवासीले बताएका छन् । नमूना बाल विकास धारकोटमा अध्यननरत विक दिउँसो खेल्दाखेल्दै खोलामा पुगेका थिए ।



    बेपत्ता विकको खोजीका लागि प्रहरी चौकी बुर्तिबाङ बागलुङबाट पाँच जनाको टोली खटिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । नजिकै रहेको पुलको विकल्पमा अस्थायीरूपमा बनाइएको साँघुमा उनीहरु पुगेको प्रहरी चौकी ढोरपाटनले जनाएको छ ।



    यस्तै जैमिनी नगरपालिकामा एक जना मृत फेला परेका छन् । जैमिनी –२ ठेउलेखोलाका किनारमा सिस्नेरका ४५ वर्षीय दलवीर सार्की मृतावस्थामा फेला हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार