Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चोलेन्द्रका कारण सर्वोच्चको मुद्दा सुनुवाइ प्रभावित, बारको जम्बो टोली छलफलमा

    चोलेन्द्रका कारण सर्वोच्चको मुद्दा सुनुवाइ प्रभावित, बारको जम्बो टोली छलफलमा

    अनलाइन नेपाल
  • आइतबार, ७ कार्तिक २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको टोली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबीच भेटवार्ता भएको छ । अधिवक्ता कीर्तिनिधि शर्मा पौडेलका अनुसार साढे ११ बजे बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले प्रधानन्यायाधीशसँग छलफल गरिरहेको छ।

    शुक्रबार बारले गोलाप्रथाबाट पेशी सूची तोक्ने समयसीमा सहितको प्रतिबद्धता जनाउन सर्वोच्च अदालतलाई १५ दिनको अल्टिमेटम दिएको थियो । सो प्रतिवद्धता खोज्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले प्रधान न्यायाधीशसँग छलफल शुरु गरेको हो । बार कार्यसमितिको बैठकले गोलाप्रथाबाट पेश तोक्ने प्रतिबद्धता नआए प्रधान न्यायाधीशलाई विश्वास गर्न नसकिने निर्णय गरेको थियो ।



    तर, प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको, मुद्दाको फैसलामा चलखेल गरेकोलगायतका आरोप लगाउँदै पूर्वन्यायाधीशहरू र नेपाल बार आन्दोलित भएपछि सर्वोच्चकै न्यायाधीशहरूसमेत इजलास बस्न मानिरहेका छैनन्।



    केही न्यायाधीशले प्रधानन्यायाधीशमाथि उठेको प्रश्नको निरूपण नभएसम्म इजलास बस्न नसकिने बताएपछि आजका सबै मुद्दाको सुनुवाइ प्रभावित भएका छन् । मुद्दा प्रभावित हुने देखेपछि प्रधानन्यायाधीशसहित सर्वोच्चका पाँचजना न्यायाधीशहरू यतिवेला छलफलमा जुटेका छन्।

    सर्वोच्च नेतृत्वले प्रतिवेदन तत्काल लागू गराउने प्रतिबद्धता नगरेमा न्यायिक नेतृत्वलाई विश्वास गर्न नसकिने अवस्था आउने चेतावनी बारले दिएको छ। बारले प्रतिवेदन लागू गर्ने सम्बन्धमा प्रधानन्यायाधीशले प्रतिबद्धता जनाए पनि दुई महिनासम्म फुलकोर्टबाट निर्णय नगराएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ।

    यस्तै, थप रणनीति बनाउन दिउँसो साढे १ बजे सर्वोच्च बारको बैठक बस्ने  भनिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार