Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • बार्सिलोनालाई हराउँदै रियल मड्रिड शीर्षस्थानमा उक्लियो

    बार्सिलोनालाई हराउँदै रियल मड्रिड शीर्षस्थानमा उक्लियो

    अनलाइन नेपाल
  • आइतबार, ७ कार्तिक २०७८
  • 1.3K
    SHARES

    एजेन्सी – सिजनको पहिलो इएल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ।

    आइतबार राति भएको खेलमा रियलले बार्सिलोनालाई २–१ गोलले पराजित गरेको हो।



    रियलको जितमा डेविड अलबा र लुकास भाजक्वीजले गोल गरेका थिए। बार्सिलोनाका लागि सर्जियो अगुइरोले गोल गरे।



    खेलको ३२ औं मिनेटमा गोल गर्दै अलाबाले रियललाई शुरुवाती अग्रता दिलाएका थिए। खेलको थप गरिएको समयमा लुकासले टोलीको अग्रता दोब्बर बनाए।

    तर थप गरिएको अन्तिम समयमा अगुइरोले बार्सिलोनाका लागि एक गोल फर्काए।

    जितसँगै रियल ला लिगाको शीर्षस्थानमा उक्लिएको छ। रियलले ९ खेलबाट २० अंक जोडेको छ। समान खेल र समान अंकका साथ सेभिया दोस्रो र रियल सोसिडाड तेस्रो स्थानमा छ। ९ खेलमा १५ अंक जोडेको बार्सिलोना नवौं स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार