Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • के हाे पल र समीक्षा विवाद ? अन्तत: दुवैले मुख खोल्दै सम्बन्धबारे दिए यस्तो जवाफ

    के हाे पल र समीक्षा विवाद ? अन्तत: दुवैले मुख खोल्दै सम्बन्धबारे दिए यस्तो जवाफ

    अनलाइन नेपाल
  • सोमबार, ८ कार्तिक २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । फिल्मी दुनियाँ सबैभन्दा बढी चर्चा, गसिप र विवादको दुनियाँ हो । हरेक क्षण यस क्षेत्रसँग सम्बन्धित कुनै न कुनै कुरा कि चर्चामा आउँछ कि विवादमा आउँछ होइन भने गसिपमा पक्कै आउँछ ।

    फिल्मको नायक, नायिकाको प्रेम सम्बन्ध धेरैका लागि चासोको विषय बन्छ । मिडियाका लागि त यो खुराक नै भइहाल्यो । नेपाली सिने जगतमा पनि नयाँनयाँ प्रकरणहरु आइरहन्छ। सामाजिक सञ्जालमा ब्यापक चर्चा र बहस शुरु हुन्छ।



    पछिल्ला दिनहरुमा नेपाली सिने जगतमा दुई कलाकार चर्चाको शिखरमा छन्। ती हुन् नायक पल शाह र गायिका समीक्षा अधिकारी। उनीहरुबीच प्रेमको चर्चाले बजार तातेको बेला उनीहरुले भने यसलाई अस्वीकार गरेका छन्।



    दुवै जना केही समयदेखि मिडियासँग समेत साक्षात्कार गर्न डराइरहेका थिए । तर, अन्तत यसबारे उनीहरुले मुख खोलेका छन्। एक सातायता चर्चामा रहेका यी दुईको सम्बन्धको विषयमा गसिप र समाचार आउन थालेपछि दुबैले सामाजिक सञ्जालमार्फत आफ्नो सम्बन्धलाई प्रस्ट्याएका छन् ।

    पलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफुलाई हुँदै नभएको र नगरिएको आरोप लगाइएको बताएका छन् । ‘काम गर्ने क्रममा व्यक्ति वा समूहसँग नजिक भइन्छ र सांगीतिक सहकार्य समीक्षासँग भएको हो’ पलले लेखेका छन्,’पछिल्लो केही दिनयता आएका खबरले मेरो शुभचिन्तकसँगै परिवारलाई समेत दु:खी बनाएको छ ।’

    पलको फेसबुक स्टाटस यस्तो छ :

    यस्तै, गायिका समीक्षा अधिकारीले पनि पलसँगको सम्बन्धबारे स्पष्टीकरण दिँदै आफूहरुबीच त्यस्तो कुनै अनैतिक सम्बन्ध नभएको र पललाई आफूले अभिभावक मान्ने बताएकी छिन्।

    यस्तो छ गायिका समीक्षाको फेसबुक स्टाटस:

     

    तर, स्रोतका अनुसार पल र समीक्षा ६–७ महिना अघिदेखि एकअर्कासँग नजिकिएका थिए । त्यतिबेला ‘सुर्ती माड्दै’ बोलको गीतको सुटिङका क्रममा निकट भएका उनीहरुको सम्बन्धले नयाँ मोड लिएको हो । यस सम्बन्धबारे उनीहरुले इन्कार गरेपनि कतिपयले भने यस सम्बन्ध सत्य नै भएको  दाबी गर्दै उनीहरुले करिअरमा धक्का पुग्न सक्ने भन्दै इन्कार गरेको हुन सक्ने बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार