Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • रेड पाण्डाको छालासहित ५ जना महाशाखाको फन्दामा

    रेड पाण्डाको छालासहित ५ जना महाशाखाको फन्दामा

    अनलाइन नेपाल
  • सोमबार, ८ कार्तिक २०७८
  • 915
    SHARES

    काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित ५ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा काभ्रे रोशी गाउँपालिका२१ २६ बर्षीय युवक लामा, नुवाकोटका २१ बर्षीय रुपेश अधिकारी, संखुवासभाका २२ बर्षीय अरुण राई, सिन्धुपाल्चोकका २० बर्षीय अरुण गिरी र रसुवाका २० बर्षीय दावा घले रहेका छन्।



    महाशाखाका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार उनीहरुलाई काठमाडौँको चाबहिल एरियामा केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ रेड पाण्डाको छाला अबैध रुपमा बिक्रि वितरण गर्न लागिरहेको छन् भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो ।



    उनीहरुलाई बुधबार चावहिलस्थित सत्कार क्याफेबाट ९० से.मी. लम्बाई र १५ से.मी.चौडाई भएको प्रतिबन्धित दुर्लभ रेड पान्डाको छालासहित पक्राउ गरिएको एसपी कोइरालाले बताए । उनीहरुको साथबाट प्रहरीले एउटा रेडपान्डाको छालासहित विभिन्न ब्राण्डका ६ वटा मोबाइल समेत बरामद गरेको छ।

    पक्राउ परेका उनीहरुलाई आवश्यक थप कारबाहीको लागि जिल्ला बन कार्यालय काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार