Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • भूमिहीन जनतालाई छिट्टै व्यवस्थापन गरिने मन्त्री श्रेष्ठको प्रतिबद्धता

    भूमिहीन जनतालाई छिट्टै व्यवस्थापन गरिने मन्त्री श्रेष्ठको प्रतिबद्धता

    अनलाइन नेपाल
  • मंगलबार, ९ कार्तिक २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइरहेको बताएकी छन् ।

    मंगलबार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिलेसम्म मन्त्रालयमा औपचारिक कार्यक्रम बाहेक केही नभएको भन्दै गरिबी निवारणका लागि योजना वनाएर काम गर्ने बताइन् ।



    ‘गरिबी निवारणका लागि औपचारिक कार्यक्रम बाहेक केही नभएको रहेछ । अहिले योजना बनाउने काम भइरहेको छ,’ उनले भनिन् । गरिबी निवारण कसरी गर्न सकिन्छ भन्ने विषयमा कर्मचारीहरुले कार्ययोजना बनाइरहेको उनले जानकारी दिइन् ।



    फरक प्रसंगमा मन्त्री श्रेष्ठले सुकुम्वासी समस्या समाधानका लागि संविधान अनुरुप गरिने कार्य गरिने बताइन् । ‘जनताले संविधानप्रदत्त अधिकार प्रयोग गर्न पाउनुपर्छ,’ उनले भनिन् ।

    लामो समयदेखि सुकुम्बासी समस्या रहेको जनाउँदै उनले भूमिहीन जनताको छिटो व्यवस्थापन हुने बताइन् । उनले भनिन् ‘भूमिहीन जनताले संबिधानले दिएको अधिकार उपभोग गर्न पाउँछन् ।’ अघिल्लो आयोगले गरेका राम्रा कामको स्वामित्व लिदैं जनताका पक्षमा काम गर्ने उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार