Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रदेश २ सरकारले एसिड पीडित मुस्कान खातुनलाई थप उपचारको लागि पुन: ५ लाख दिने

    प्रदेश २ सरकारले एसिड पीडित मुस्कान खातुनलाई थप उपचारको लागि पुन: ५ लाख दिने

    अनलाइन नेपाल
  • मंगलबार, ९ कार्तिक २०७८
  • 1.5K
    SHARES

    रामनारायण यादव / जनकपुरधाम । एसिड पीडित वीरगञ्जकी मुस्कान खातुना लाई थप उपचारको लागी प्रदेश २ सरकारले दोस्रो पटक ५ लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । यसअघि नै प्रदेश २ सरकारले खातुनलाई ५ लाख रुपैयाँ सहयोग गरेको थियो ।

    मंगलबार प्रदेश मन्त्रिपरिषदको बसेको बैठकले खातुनलाई थप ५ लाख रकम सहयोग गर्ने निर्णय गरेको छ । खातुनको उपचार जारी रहेकाले उनलाई सहयोग गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।



    यसअघि वीरगञ्ज महानगरपालिका कार्यालयले २ लाख र नगर प्रमुख विजय सरावगीको तलब भत्ताबाट एक लाख गरी जम्मा ३ लाख रुपैयाँ खातुनको उपचारका लागि प्रदान गरिएको थियो ।



    वीरगञ्ज ४ स्थित गणेशमान चोकमा २० भदौ, २०७६ मा दुई युवकले मुस्कानमाथि एसिड प्रहार गरेका थिए । यसअघि जनकपुरधामकी एसिडपीडित आरती साहलाई पनि प्रदेश २ सरकारले ५ लाख रुपैयाँ सहयोग गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार