Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रदेस २ सरकारद्वारा प्राविधिक विश्वविद्यालय स्थापना सम्बन्धी अध्यादेश सिफारिस

    प्रदेस २ सरकारद्वारा प्राविधिक विश्वविद्यालय स्थापना सम्बन्धी अध्यादेश सिफारिस

    अनलाइन नेपाल
  • मंगलबार, ९ कार्तिक २०७८
  • 1.3K
    SHARES

    जनकपुरधाम । प्रदेश २ सरकारले अध्यादेशको माध्यमबाट कृषि र प्राविधिक विश्वविद्यालय स्थापनाको लागि कार्य अगाडि बढाएको छ ।

    प्रदेश २ को राजविराजमा कृषि विश्वविद्यालय र वीरगञ्जमा प्राविधिक विश्वविद्यालय स्थापना गर्ने प्रक्रियालाई अगाडि बढाउन प्रदेश सरकारले प्रदेश प्रमुख समक्ष अध्यादेश सिफारिस गरेको छ ।



    मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यी दुबै विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।



    प्रदेश २ सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश प्रमुखबाट अध्यादेश जारी भएलगत्तै दुबै विश्वविद्यालय स्थापनाको बाटो खुल्ने बताए ।

    कृषि तथा प्राविधिक सम्बन्धी उच्चस्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिक सम्बन्धी अध्ययन अनुसन्धानलाई समय सापेक्ष, व्यापक, व्यवहारिक र स्तरीय बनाउन प्रदेश स्तरीय कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएकाले नेपालको संविधानको धारा २०२ बमोजिम प्रदेश सभा संचालनमा नरहेको अवस्थामा अध्यादेश सिफारिस गरेको उनले बताए ।

    प्रदेश सरकारका प्रवक्ता साहका अनुसार सरकारले ग्रिन सिटी क्लिन सिटी अन्तर्गत पहिलो चरणमा जनकपुरधाम, राजविराज र वीरगञ्जमा सरसफाइ, विजुली बत्ती तथा वृक्षारोपण कार्य सन्चालन गर्ने निर्णय समेत गरेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार