Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चीनमा फेरि लकडाउन, आगो झैं कोरोना फैलिएको भन्दै घर बाहिर ननिस्कन आदेश

    चीनमा फेरि लकडाउन, आगो झैं कोरोना फैलिएको भन्दै घर बाहिर ननिस्कन आदेश

    अनलाइन नेपाल
  • मंगलबार, ९ कार्तिक २०७८
  • 1.2K
    SHARES

    फोटो: ग्लोबल टाइम्स

    एजेन्सी । कोरोना भाइरस संक्रमणको तेस्रो लहर (डेल्टा भेरियन्ट’ भित्रभित्रै आगो झैं फैलिएको भन्दै चीनको गान्सु प्रान्तमा लकडाउन घोषणा गरिएको छ ।

    चिनियाँ समाचारहरुका अनुसार ४० लाख मानिसहरुको बसोबास रहेको लान्जहोउ सहरमा मंगलबारदेखि लकडाउन घोषणा गरिएको हो ।



    लकडाउनपश्चात् लान्जहोउका बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन त्यहाँको सरकारले आदेश जारी गरेको छ । सो सहरमा कोभिडका २९ जना नयाँ संक्रमित भेटिएका छन् ।



    पछिल्लो समयमा चीनमा कोभिडको नयाँ स्वरुप डेल्टा भाइरस देखिएको छ । भाइरस फैलिएसँगै सरकाले यसै साता आयोजना हुने बेइजिङ म्याराथुन समेत स्थगित गरेको छ ।

    यस्तै, चिनियाँ जनस्वास्थ्यविद्हरूले सन् २०२० को जुलाईमा त्यहाँको अवस्थाभन्दा झन् खराब हुन सक्ने चेतावनी दिएका छन् । तर सबै मापदण्ड र संयन्त्र परिचालन गरिएमा एक महिनाभित्र संक्रमण नियन्त्रणमा आउने विज्ञहरूको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार