Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रहरीले एक्सन लिएपछि होटलबाटै भागे अफगान नागरिक

    प्रहरीले एक्सन लिएपछि होटलबाटै भागे अफगान नागरिक

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल प्रहरीले अनुसन्धान थालेपछि एक अफगानि नागरिक होटलबाटै भागेका छन्। भारतबाट बेलहिया नाका हुँदै नेपाल प्रवेश गरी काठमाडौं आइपुगेका उनी बसेको होटलबाट फरार भएका हुन्।

    अजमल अचेकजाई नाम गरेका उनी असोज दोस्रो साता दिल्लीबाट बसमा सुनौली आएका थिए। त्यसपछि भारतको पञ्जाबको नागरिक भएको नक्कली परिचयपत्र बनाएर उनी बेलहिया नाका हुँदै काठमाडौं आएको बताइएको छ।



    यूएनएचसीआरको शरणपछि उनीसहित ७ जना सिनामंगलको एक होटलमा मासिक २५ हजार रुपैयाँ भाडा तिर्ने गरी बसेका थिए। होटललाई अग्रिम भाडाबापत १० हजार दिइसकेका थिए।



    अजमलले होटलमा आफूहरु भ्रमणमा आएको विवरण टिपाएका थिए। उनले नेपालमा रहँदा प्रयोग गर्न लिएको मोबाइल नम्बर स्विच अफ रहेको बताइएको छ। प्रहरीले उनको खोजि गरिरहेको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार