Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • काठमाडौंका एसएसपी अशोक सिंहको सरुवा, सिआइबीका सुदिप गिरीलाई नयाँ प्रमुखको जिम्मेवारी !

    काठमाडौंका एसएसपी अशोक सिंहको सरुवा, सिआइबीका सुदिप गिरीलाई नयाँ प्रमुखको जिम्मेवारी !

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 5.4K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहको काज रुपमा सरुवा गरेको छ।

    साथै काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा कार्यरत एसएसपी सुदीप गिरीलाई दिने निर्णय भएको बताइएको छ।



    सिंह २०७७ मंसिर ५ मा काठमाडौं प्रहरी प्रमुख बनेका थिए। मंगलबार साँझ गृहमन्त्री बालकृष्ण खाणले सिंहलाई हटाएर गिरीलाई पठाउने निर्णय गरेका थिए।



    गृहमन्त्री खाणले निर्णय गरेपनि कांग्रेसभित्र कुरा नमिल्दा कार्यान्वयनमा अलमल भएको छ।

    गृह मन्त्रालयले सिंहलाई भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको छ।  एसएसपी गिरी पूर्व प्रधानन्यायाधीश केदारप्रसाद गिरीका छोरा हुन्। निर्मला पन्त प्रकरणमा अनुसन्धान गरेका गिरीले प्रहरी उपरीक्षक (एसपी) हुँदा पर्साको कमाण्ड गरेका थिए।

    प्रहरी हेडक्वार्टरमा भने एसएसपी सरुवाको आधिकारिक पत्र पुगेको छैन। नेपाल प्रहरीका प्रवक्ता एएसपी वसन्त कुँवरले सरुवाबारे कुनै जानकारी नभएको बताएका छन्।

    पार्टीभित्रबाट सिंहलाई नहटाउन दबाब आएका कारण गृहमन्त्री खाँण नै अन्यौलमा परेपछि कार्यान्वयनमा समस्या आएको गृह मन्त्रालय स्रोतको दाबी छ।

    गृहमन्त्री बालकृष्ण खाणले भने आईजीपी शैलेश थापा क्षेत्रीलाई आफुले गरेको निर्णयमा तलमाथि नहुने वताइसकेको प्रहरी स्रोत वताउँछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार