Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चीनबाट थप १० लाख २० हजार डोज भेरोसेल खोप काठमाडौँ आइपुग्यो

    चीनबाट थप १० लाख २० हजार डोज भेरोसेल खोप काठमाडौँ आइपुग्यो

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । चीनबाट थप १० लाख २० हजार डोज कोभिड-१९ विरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ ।

    सरकारले कोभ्याक्ससँगको ‘कस्ट सेयरिङ’ योजना अन्तर्गत खरिद गर्ने भनेको ५९ लाख ३६ हजार ४ सय डोज खोप मध्ये पहिलो लटमा १० लाख २० हजार डोज खोप बिहान काठमाडौँ आइपुगेको हो।



    स्वास्थ्य सेवा विभागका अनुसार उक्त खोप टेकुस्थित भण्डारणमा राखिने बताइएको छ।



    यसअघि पनि चीनबाट नेपाल सरकारले अनुदान सहयोग र खरिद गरेर कुल एक करोड २० लाख डोज भेरोसेल खोप प्राप्त गरिसकेको छ ।

    हालसम्म नेपालले कुल १ करोड ८९ लाख ५९ हजार तीन सय ३० डोज खोप प्राप्त गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार