Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • साँढे ७३ लाखको चेक बाउन्स मुद्धाकी फरार अप्सरा सीआईबीको फन्दामा

    साँढे ७३ लाखको चेक बाउन्स मुद्धाकी फरार अप्सरा सीआईबीको फन्दामा

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अदालतबाट ७ दिन कैद र ७३ लाख ५० हजार जरिवाना तोके पश्चात् फरार भएकी एक महिलालाई पक्राउ गरेको छ ।

    सिआइबीले बैंंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले ७३ लाख ५० हजार जरिवाना गरेपछि फरार रहेकी अर्घाखाची पाणिनी गा.पा. ८ घर भै हाल काठमाडौँको बसुन्धारा ३५ बर्षिया अप्सरा खातुनलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।



    सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ मङ्सिर १६ गतेको फैसलापछि ७ दिन कैद र बिगोबमोजिम ७३ लाख ५० हजार जरिवानापछि फरार रहेकी खातुनलाई चुन्निखेलबाट पक्राउ गरिएको जानकारी दिए ।



    पक्राउ परेकी खातुनले आफ्नो नबिल बैंकको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारेर पैसा नभएको चेक दिइ बैंकिङ कसुरजन्य अपराध गरेकी थिइन् ।

    उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम फैसला सुनाएको थियो । पक्राउ परेकी खातुनलाई फैसला कार्यान्वयनका लागि आज ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार