Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • २ वर्षअघि साथीको हत्या गरेर लुक्दैछिप्दै आएका जय ललितपुरको च्यासलबाट पक्राउ

    २ वर्षअघि साथीको हत्या गरेर लुक्दैछिप्दै आएका जय ललितपुरको च्यासलबाट पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले साथीको हत्यामा संलग्न फरार एक अभियुक्तलाई २ बर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर गढी गा.पा १ फुलबारी घर भएका २४ बर्षिय जय सिंगार रहेका छन्।

    माहाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार दुई बर्षअघि २०७६ साउन २८ गते ललितपुरमा मृत फेला परेका उदयपुर कटारीका हरी खड्कालाई साउन २५ गते बेलुका कुमार थिङ भन्ने मान कुमार थिङसहितका व्यक्तिहरुले कुटपिट गरि हत्या गरेका थिए ।



    घटनामा संलग्न ५ जना अभियुक्तहरुलाई यसअघि नै महाशाखाले पक्राउ गरेकोमा फरार रहेका सिंगारलाई बुधबार ललितपुरको च्यासलबाट पक्राउ गरेको एसपी कोइरालाले बताए।



    पक्राउ परेका सिंगारलाई आवश्यक कानुनी कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार