Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पाल्पाकी २४ वर्षीया महिलाले जन्माइन् एकै पटक चम्ल्याहा छोरीहरु

    पाल्पाकी २४ वर्षीया महिलाले जन्माइन् एकै पटक चम्ल्याहा छोरीहरु

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 951
    SHARES

    सीताले जन्म दिएकी चार छोरीहरु, फोटो : पद्मा खनालको फेसबुकबाट साभार ।

    लुम्बिनी । रुपन्देहीस्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा एक महिलाले ४ शिशुहरूलाई जन्म दिएकी छिन्।

    अस्पतालका अनुसार गत कार्तिक ६ गते अस्पतालमा भर्ना भएकी पाल्पाको माथागढी गाउँपालिका-१ चिदीपानीकी २४ वर्षीया सीता सार्कीले चम्ल्याहा शिशुको जन्म दिएकी हुन् ।



    उनले ९ गते मंगलबार दिउँसो ४ छोरीहरुलाई जन्म दिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार मंगलबार दिउँसो २ बजे जन्मिएका शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।



    पहिलो शिशुको तौल ११ सय ग्राम, दोस्रोको ११ सय १५ ग्राम, तेस्रोको १ हजार ६० ग्राम र चौथोको ११ सय ३० ग्राम रहेको अस्पतालले जानेको छ । हाल आमा सामान्य वार्डमा र शिशुहरूलाई एनआईसीयूमा राखिएको अस्पतालको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार