Online Nepal
  • शुक्रबार, २३ साउन २०८२
  • २ दिनभित्र जमानत नपाए शाहरुखका छोरा आर्यन १६ दिन जेलमै थन्किने

    २ दिनभित्र जमानत नपाए शाहरुखका छोरा आर्यन १६ दिन जेलमै थन्किने

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 1.9K
    SHARES

    एजेन्सी – ड्रग्स प्रकरणमा पक्राउ परेका शाहरुख खानका छोरा आर्यन खान जेलमा छन्। उनको जमानत याचिकामा बम्बे हाइकोर्टमा सुनुवाइ भइरहेको छ। बिहीबारको सुनुवाईपछि जमानत याचिकाबारे फैसला हुने अपेक्षा गरिएको छ।

    तर अक्टोबर २८, २९ भित्रमा फैसला नआएमा अदालतको छुट्टी हुनेछ र आर्यन जेलमै थन्किनेछन्। बम्बे हाईकोर्टले दीवाली छुट्टीअघि नै यस मामिलामा फैसला नसुनाएमा आर्यन नोभेम्बर १५ सम्म जेलमै बस्नेछन्।



    नोभेम्बर १ बाट अदालतको भ्याकेशन शुरु हुँदैछ। १ देखि ६ सम्म दिवाली छुट्टी र १ देखि १२ नोभेम्बरसम्म अदालत बन्द रहनेछ। १३ र १४ नोभेम्बरमा शनिबार र आइतबार अदालतको छुुट्टी हुनेछ। यस हिसाबमा अदालत १५ नोभेम्बरमा खुल्नेछ।

    आर्यन खान पछिल्ला २१ दिनदेखि आर्थर रोड जेलमा छन्। उनी मुम्बई क्रुजमा ड्रग्स पार्टी गरेको आरोपमा पक्राउ परेका थिए। एनसीबीको टोलीले उनलाई पक्राउ गरेको थियो।

    मंगलबार र बिहीबार सुनुवाई भएपनि अदालतले जमानत दिएको छैन। बिहीबार यस मामिलामा फेरि सुनुवाई हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार