Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपाल प्रहरीमा ६ डिआइजी र १५ एसएसपीको दरबन्दी थप गर्न अर्थ मन्त्रालय मानेन

    नेपाल प्रहरीमा ६ डिआइजी र १५ एसएसपीको दरबन्दी थप गर्न अर्थ मन्त्रालय मानेन

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 1.9K
    SHARES

    काठमडौं । नेपाल प्रहरीमा तत्काल प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को दरबन्दी थप्न अर्थमन्त्रालयले अस्वीकार गरेको छ।

    ६ जना डिआइजी र १५ जना एसएसपीको दरबन्दी थप्न प्रहरी प्रधान कार्यालयले गरेको प्रस्ताव अर्थले अस्वीकार गरेको हो। प्रहरी प्रधान कार्यालयले सो दरबन्दी थप गर्नका हालै गृह मन्त्रालयमा प्रस्ताव पठाएको थियो।



    सो प्रस्ताव गृह मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) समितिमा पुग्नुअघि भएको छलफलमा अर्थ मन्त्रालयले अस्वीकार गरेको हो। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र गृह नेतृत्वबीच परामर्शपछि दरबन्दी थपको प्रस्ताव अघि बढेको भएप िअर्थमन्त्री जनार्दन शर्माले यसलाई अड्काएका हुन्।



    ओएन्डएम समितिमा प्रस्ताव पठाउनुअघि गृहले अर्थ मन्त्रालयसँग परामर्श गरेको थियो। अर्थ स्रोतले प्राकृतिक विपत्तिको पुनर्निर्माण, पुनरुत्थान, राहत तथा क्षतिपूर्तिमा मुलुक केन्द्रित भइरहेका बेला अर्थतन्त्रमा आर्थिक व्ययभार पर्ने गरी आएको प्रस्ताव स्वीकार गर्न नसेकेको जानकारी दिएको छ।

    अबको केही समयमै अवकाशमा जान लागेका एसएसपी नरबहादुर खत्री, हरिराज वाग्ले लगायतलाई लक्षित गरेर दरबन्दी थपको प्रस्ताव गरिएको थियो।

    डिआइजी मात्रको दरबन्दी थप्दा विवाद हुने भन्दै प्रधान कार्यालय र गृहले एसएसपी समेतको दरबन्दी थपका लागि प्रक्रिया अघि बढाएका थिए। अहिले नेपाल प्रहरीमा १९ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा ५५ जनाको दरबन्दी छ। प्रस्ताव स्वीकृत भएको भए २५ जना डिआइजी र ७० जना एसएसपी दरबन्दी कायम हुने थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार