Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चिनियाँ प्रधानमन्त्रीसामु बाइडेनले भने – चीनको कदम शान्तिका लागि खतरा

    चिनियाँ प्रधानमन्त्रीसामु बाइडेनले भने – चीनको कदम शान्तिका लागि खतरा

    अनलाइन नेपाल
  • बिहिबार, ११ कार्तिक २०७८
  • 930
    SHARES

    एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू दक्षिण एसियाली राष्ट्रहरूसँग उभिने बताएका छन् । उनले ताइवानमा चीनको कदम शान्ति र सुरक्षाका लागि खतरा भएको बताए।

    इस्ट एसिया समिटको भर्चुअल कार्यक्रममा उनले यस्तो बताएका हुन् । उक्त कार्यक्रममा चिनियाँ प्रधानमन्त्री ली खछ्याङ पनि उपस्थित थिए।



    जो बाइडेनले प्रजातन्त्र र समुद्री स्वतन्त्रताको रक्षा गर्न अमेरिका दक्षिण एसियाली देशहरूसँग उभिने बताए।



    उनले ताइवानमा चीनको ‘जबरजस्ती कारबाही’लाई शान्ति र स्थिरताका लागि खतरा भएको बताए ।

    बाइडेनले अमेरिकाले इन्डो-प्यासिफिक क्षेत्रमा आर्थिक सञ्जाल विकास गर्न सहयोगीहरूसँग वार्ता सुरु गर्ने बताए।

    बाइडेनले ताइवानप्रति अमेरिकाको प्रतिबद्धता दृढ रहेकोमा जोड दिए। ‘हामी चीनको जबरजस्ती कारबाहीबाट गहिरो चिन्तित छौं,” उनले भने।

    यसअघि बाइडेनले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका थिए ।

    यद्यपि, सदनका प्रवक्ता जेन साकीले पछि अमेरिकी सञ्चारमाध्यमलाई उक्त टिप्पणीलाई नीति परिवर्तनको रूपमा लिन नहुने बताइन्। – बिबिसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार