Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

पाकिस्तानको जितमा खुशी मनाउने भारतीय तीन विद्यार्थी पक्राउ

एजेन्सी । टी-२० विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तानले भारतलाई हराएपछि हर्षोल्लास गरेको आरोप लागेका तीन कश्मीरी विद्यार्थीलाई भारतको उत्तर प्रदेश राज्यमा पक्राउ गरिएको छ।

प्रहरीका अनुसार आइतवार खेल भइरहँदा उनीहरूले भारतको विरोध गर्दै पाकिस्तानको समर्थनमा नाराबाजी गरेका थिए। उनीहरूविरुद्ध "शत्रुतालाई प्रोत्साहन गरेको तथा साइबर आतङ्कवाद" को अभियोग लगाइएको छ।

आगरा सहरमा गरिएको उक्त कारबाहीलाई मुस्लिम समुदायविरुद्धको दमनका रूपमा लिइएको छ । टी२० विश्वकप क्रिकेटमा पाकिस्तानसँग भारत १० विकेटले पराजित भएको थियो।

भारत र पाकिस्तानबीच तिक्ततापूर्ण सम्बन्ध छ। क्रिकेट खेलका कारण उनीहरूबीच बेलाबेलामा तनाव अझ बढ्छ। आलोचकहरूका अनुसार भारतले खेल हार्दा धेरै भारतीय नागरिकले खेलभावना बिर्सिने गरेका छन् र उनीहरू अरूमा दोष खोज्छन्।

फाइनल खेल सम्पन्न भएपछि भारतीय क्रिकेट टोलीमा अहिले समाविष्ट एक मात्र मुस्लिम खेलाडी मोहम्मद शामीको धेरै जनाले सामाजिक सञ्जालमा मानमर्दन गरेका थिए। मानिसहरूले शामीले जानीजानी पाकिस्तानलाई रन बनाउन दिएको आरोप लगाउँदै उनलाई 'देशद्रोही' को सङ्ज्ञा दिए।

ह्वाट्सएपमा पाकिस्तानी क्रिकेट खेलाडीको प्रशंसा गर्दै लेखेको भन्दै आगरामा पक्राउ परेका तीन कश्मीरी मुस्लिम विद्यार्थीलाई उनीहरू पढ्ने कलेजले सोमवार निलम्बन गरेको छ। सत्तारूढ भारतीय जनता पार्टीका सदस्यहरूले उजुरी हालेपछि तीन जनालाई प्रहरीले बुधवार पक्राउ गरेको हो। बीबीसीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077