Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

देश बनाउँछु भन्ने देउवाले आफ्नै पार्टीको अवस्था नाजुक बनाए : सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पटक–पटक जिम्मेवारी पाउँदा पनि पाएको जिम्मेवारी पुरा गर्न नसक्ने नेतालाई पुनः जिम्मेवारी दिए पार्टीको अवस्था अझै धेरै बिग्रने दावी गरेका छन् ।

अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरूलाई पदमा दोहोर्‍याउन नहुने बताउँदै उनले १३ औं महाधिवेशन पछि नेतृत्वले पाएको जिम्मेवारी पुरा गर्न नसकेकाले पार्टीमा अहिलेको अवस्था सिर्जना भएको आरोप लगाए।

नेपाली कांग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति शेरबहादुर देउवाप्रति इंगित गर्दै नेता सिंहले भने–‘अहिले पार्टीको परम्परा नै मिचिएको छ। देश बनाउँछु बनेर अगाडि बढ्ने नेताहरुले आफ्नै पार्टीको अवस्था नाजुक बनाएका छन् । अवसर पाएर पनि काम नगर्नेहरुलाई रिपिट गर्न हुन्न। यसले पार्टीलाई फाइदा गर्दैन।’

विधि र नियम पालना गर्न अहिलेको नेतृत्वलाई कस्ले छेक्यो ? भन्ने प्रश्न गर्दै नेता सिंहले पार्टीका आगामी १४ औं महाधिवेशनलाई कमीकमजोरी सुधार गर्ने मौकाको रुपमा लिनु पर्नेमा जोड दिए ।

साथै नेता सिंहले अहिले न्यायालयमा देखिएको समस्या संविधानको मर्म र भावनाअनुसार नै समधान गर्नुपर्ने बताए। न्यायालयमा राजनीतिक व्यक्तित्वले हस्तक्षेप गर्न नहुने भन्दै नेता सिंहले निश्चित व्यक्किो स्वार्थका कारण न्यायालयमा अहिलेको अवस्था सिर्जना भएको उल्लेख गरे।

चाडपर्वको मुखमा सरकारले ग्यास र डिजेललगायतका इन्धनको मूल्य बढाएर गल्ती गरेको भन्दै उनले जनतालाई राहत दिने ठाँउमा सरकारले मूल्य बढाएर जनतालाई मारमा पारेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077