Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • काठमाडौंका एसएसपी सरुवा विवाद : प्रधानमन्त्री र गृहमन्त्रीबीच असमझदारी भएको हो ?

    काठमाडौंका एसएसपी सरुवा विवाद : प्रधानमन्त्री र गृहमन्त्रीबीच असमझदारी भएको हो ?

    अनलाइन नेपाल
  • आइतबार, १४ कार्तिक २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । प्रहरी सरुवाको विषयमा प्रधानमन्त्रीसँग आफ्नो कुनै पनि असमझदारी नभएको गृहमन्त्री बालकृष्ण खाँडले बताएका छन्। यसका साथै प्रधानमन्त्रीको निर्देशन अनुसार नै आफूले काम गर्ने र सहज रुपमा लिने स्पष्ट पारेका छन्।

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहको ११ महिनामै सरुवा भएपछि प्रधानमन्त्रीले रोकेका थिए। यही विषयमा प्रधानमन्त्री र गृहमन्त्रीबीच असमझदारी बढेको अनुमान गरिएको थियो।



    शनिबार गृहमन्त्रालयमा आयोजित सुरक्षा सम्बन्ध पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले पत्रकारको जिज्ञासा समाधान गरेका थिए। प्रहरीका लेखापाल तथा समय पुगेका अन्य पदमा पनि सरुवा नभएको भन्ने जिज्ञासामा उनले भने, ‘बुझेरै गरौं, मापदण्ड बनाएर गरौं भन्ने रामो मनसायले नै ढिला भएको हो। बढुवाका लागि कार्यसम्पादन मूल्याकंन अनिवार्य हुने भएकाले यो पूरा नहुँदा प्रक्रियाका कारणले पनि बढुवा ढिला भएको हो।’



    विशिष्ठ श्रेणीको सरुवाको विषयमा मन्त्रीपरिषद्ले नै निर्णय गर्ने बताउँदै उनले सबै तहका सरुवा तथा पदस्थापनमा मन्त्रीको हात नहुने स्पष्टीकरण दिएका छन्। गृहमन्त्रालय देशको सबै ठाउँमा भएका साना ठूला घटनाको पनि जिम्मेवार हुनुपर्ने बताउँदै कामको लोड हुने हुँदा सबै काम समयमा गर्न नसकिएको स्विकार गरे।

    उनले नेपालमा आइजिपीदेखि प्रहरी जवानसम्म ८० हजार संख्या भएको बताउँदै यसमा करिव ८/९ हजार पद रिक्त भएको बताए। पदपुर्तिका लागि चाँडै दरबन्दी खुलाउन आवश्यक छ। अनि मात्रै आवश्यक ठाउँमा प्रहरी पु¥याउन सकिने उनको भनाइ छ। अन्नपूर्ण पोष्टबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार