Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • घरायसी विवादमा जेठाजुले बुहारी कुटे, गम्भीर घाइते महिला हस्पिटल भर्ना

    घरायसी विवादमा जेठाजुले बुहारी कुटे, गम्भीर घाइते महिला हस्पिटल भर्ना

    अनलाइन नेपाल
  • आइतबार, १४ कार्तिक २०७८
  • 1.6K
    SHARES

    रामनारायण यादव / महोत्तरी  । घरायसी विवादमा जेठाजुले निर्घात कुटपिट गर्दा एक महिला गम्भीर घाइते भएकी छिन् ।

    महोत्तरीको सम्सी गाउँपालिका वडा नम्वर ७ की २८ वर्षीया सीमा यादवलाई उनको जेठाजु ४० वर्षीय (छोटे)भन्ने जोगेन्द्र यादवले निर्घात कुटपिट गरेका हुन्।



    स्थानीका अनुसार (छोटे)जोगेन्द्रले घरायसी विवादमा शनिबार राति निर्घात कुटपिट गर्दा सीमा गम्भीर घाइते भएकी छिन् ।



    उनलाई उपचारको लागि जनकपुरस्थित बौधीमाइ हस्पिटलमा भर्ना गरिएको छ । कुटपिटपछि जेठाजु फरार भएको र उनको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    सीमाकी श्रीमान् मनोज यादव करिब २ वर्ष देखि वैदेशिक रोजगारमा रहेको बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार