Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • इटालीमा अमेरिकी र टर्कीस राष्ट्रपतिबीच भेटवार्ता

    इटालीमा अमेरिकी र टर्कीस राष्ट्रपतिबीच भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, १५ कार्तिक २०७८
  • 924
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच दुई देशका बीचको आपसी सम्बन्धका साथै अन्य विभिन्न विषयहरुमा छलफल भएको बताइएको छ ।



    टर्कीका राष्ट्रपति एर्दाेगानको कार्यालयद्धारा जारी गरिएको विज्ञप्तिअनुसार उनीहरुले आपसी व्यापार विस्तारका साथै अन्य क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरुमा सहकार्य गरी अघि बढ्ने बारेमा छलफल भएको थियो ।



    इटालीको रोममा जारी रहेको जि-२० को नेताहरुको सम्मेलनका क्रममा उनीहरुबीचमा आइतबार सो भेटवार्ता भएको समाचारमा जनाइएको छ ।

    उनीहरुले कोभिड १९ को समस्याका साथै अन्य आन्तरिक तथा बाह्य समस्या र विषयवस्तुहरुमा आपसमा मिलेर अघि बढ्ने विषयमा सहमति भएको थियो ।

    उनीहरुका बीचमा द्धिपक्षीय व्यापारमा अभिबृद्धि गर्ने, नेटो सैन्य गठबन्धनमा मिलेर अघि बढ्ने तथा जलवायु परिवर्तनका विषयमा पनि आपसमा मिलेर के कसरी अघि बढ्ने भन्ने बारेमा पनि कुराकानी भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार