Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • पर्सामा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो

    पर्सामा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो

    अनलाइन नेपाल
  • सोमबार, १५ कार्तिक २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    वीरगञ्ज । पर्सामा हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।

    मकवानपुर मनहरी गाउँपालिका वडा नम्वर ५ बस्ने अन्दाजी ५५ वर्षीय सोमबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नम्वर १ शीतलपुरस्थित खोलाको बगरमा उनलाई हात्तीले आक्रमण गरेको थियो ।



    कात्तिक १२ गते राति १२ बजे उनलाई हात्तीले आक्रमण गरे पनि प्रहरीले ढिलो सूचना पाएको थियो ।

    घटनास्थल मुचुल्कापछि शव पोष्टमार्टमका लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार