Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री बन्दै, ४९ सांसदको हस्ताक्षरसहित दाबी पेस

    राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री बन्दै, ४९ सांसदको हस्ताक्षरसहित दाबी पेस

    अनलाइन नेपाल
  • सोमबार, १५ कार्तिक २०७८
  • 2.8K
    SHARES

    फाइल फोटो

    विराटनगर । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र राई प्रदेश नं एकको मुख्यमन्त्री बन्ने भएका छन् ।

    राईले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसमेतका ४९ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।



    मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएलगत्तै बसेको बिपक्षी गठबन्धनको बैठकले राईलाई मुख्यमन्त्रीको रुपमा अगाडि बनाउने निर्णय गरेको हो। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले भोलि १ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका थिए ।



    प्रदेश प्रमुखले मंगलवार नै राईलाई मुख्यमन्त्रीमा सपथग्रहण गराउने भएका छन् । सपथसँगै उनले सानो आकारको मन्त्रीपरिषद् बनाउने घोषणा गरेका छन् ।

    ९२ सदस्यीयमा एमालेका सभामुखसहित ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ जना सांसद छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार